नेपाल क्लियरिङ हाउस र ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स्को एकिकृत कारोबार सोमबारदेखि सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल क्लियरिङ हाउस र ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स्को एकिकृत कारोबार सोमबारदेखि सुरु



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेडले प्राप्ती प्रक्रिया पुरा गरी भोलि(सोमबारदेखि) एकिकृत कारोबार सुरु गर्ने भएको छन् । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स्लाई प्राप्ति गरेको हो ।

यी दुई कम्पनीबीच गत वैशाख २२ गते प्राप्तिका लागि अन्तिम सम्झौता भएको थियो । दुबै कम्पनीहरूले वैशाख १३ गते विशेष साधारण सभा आव्हान गरेर प्राप्ती प्रस्ताव पारित गरेका थिए । उक्त प्रस्ताव बमोजिम नेपाल राष्ट्र बैंकबाट जेठ २ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ १३ गते स्वीकृति प्राप्त भएसँगै दुई कम्पनी एक हुन लागेका हुन ।

नेपाल क्लियरिङ्ग हाउसले लिमिटेडले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स्को अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण आम्दानी, खर्च, सम्पत्ति दायित्व तथा अन्य सम्भावित दायित्वहरू नेपाल क्लियरिङ्ग हाउसले सकार्ने गरी अन्तिम सम्झौता भए अनुसार यी कम्पनी एक हुन लागेका हुन । प्राप्तीपछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको नामबाट एकिकृत कारोबार हुने जानकारी कम्पनीहरूले दिएका छन् ।

प्रकाशित : २० जेष्ठ २०८१, आईतवार १५:१२