आउँदो नोभेम्बरमा काठमाडौँले वुमन अफ द वल्र्ड फेस्टिभल आयोजना गर्ने : उपप्रमुख डंगोल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

आउँदो नोभेम्बरमा काठमाडौँले वुमन अफ द वल्र्ड फेस्टिभल आयोजना गर्ने : उपप्रमुख डंगोल



काठमाडौँ । वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमनअफ द वल्र्ड फेस्टिभल’मा सहभागी भएर काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज स्वदेश फर्किएकी छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फेस्टिभलका विषयमा कुरा गर्दै उनले, आउँदो नोभेम्बर महिनामा काठमाडौँले व्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिभल आयोजना गर्ने बताइन् ।

‘विश्वका महिलाहरुको पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिक लगायत विविध आयामबाट अवस्था बुझ्ने अवसर प्राप्तभयो । वास्तवमा यो अपूर्व अवसर थियो ।’ डंगोलले भनिन्, ‘अवस्थालाई अवसरमा रुपान्तरण गरिएका कथाहरु हाम्रा लागि सिकाइ बनेका छन् । यो सिकाइलाई हामी महिलाहरुको सार्थक र सक्रिय सशक्तिकरणका लागि उपयोग गर्छौँ ।’

सम्मेलनमा संगीत, कला, साहित्य, राजनीति, अभियन्ता, लेखक सहित विभिन्न क्षेत्रका विश्व स्तरका वक्ताहरुलाई आमन्त्रण गरिएको थियो । राजनीति क्षेत्रको प्रतिनिधित्व गर्दै अष्टे«लियाकी पहिलो महिला प्रधानमन्त्री जुलिया गिलर्ड र काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विचार राखेका थिए । फेस्टिभलको संवाद सत्रमा उनीहरुलाई ‘वुमन अफ द वल्र्ड’अभियानकी संस्थापक जुड केलीले संवाद गरेकी थिइन्।

संवादमा महिलाहरुका परिस्थिति र प्रतिकुलताबाट उठ्नका लागि गर्न सकिने सहभागितामूलक कामका विषय समेटिएका थिए । संवादमा उपप्रमुख डंगोलले, नेपाली राजनीतिमा महिलाहरुको सहभागिता बढ्दै गएको बताएकी थिइन् ।

व्रिटिस काउन्सिलको निमन्त्रणामा उनी फेस्टिभलमा सहभागी हुन गएकी हुन् । मेनचेष्टर सहरको अभोभा स्टुडियोमा जेठ ११ सुरु भएको फेस्टिभल आज सकिंदैछ ।

प्रकाशित : २० जेष्ठ २०८१, आईतवार १३:३१