दुई कम्पनीकाे सेयरमा ‘लकइन’ अवधि सकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई कम्पनीकाे सेयरमा ‘लकइन’ अवधि सकियो



काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा लकइन अवधि सकिएसँगै आइतबारदेखि कारोबार फुकुवा भएको छ ।शुक्रबार र शनिबार ती दुई कम्पनीको म्युचुअल फण्डले होल्ड गरेको सेयरमा लकइन अवधि सकिएको हो ।

मुक्तिनाथ कृषि कम्पनीको थप ७० हजार कित्ता सेयर कारोबारका लागि फुकुवा भएको छ । त्यस्तै वेयरहाउजिङको ६८ हजार ७५० कित्ता सेयर कारोबार फुकुवा भएको छ । ती दुई कम्पनीको कुल एक लाख ३८ हजार ७५० कित्ता सेयर कारोबार फुकुवा भएको हो ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार बजार बन्द हुँदा मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९६२.४० रुपैयाँ छ । त्यस्तै नेपाल वेयरहाउजिङको सेयरमूल्य ७८९.९० रुपैयाँ छ ।

प्रकाशित : २० जेष्ठ २०८१, आईतवार १०:३७