प्रभु बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ बाट पुरस्कृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ बाट पुरस्कृत



काठमाडाैं । बैंकले इकोसिस्टममा आधारित इनोभेसन श्रेणीमा डिजिटल संलग्नतालाई अधिकतम बनाएर सकारात्मक ग्राहक अनुभव सुनिश्चित गरेको आधारमा गोल्ड अवार्ड प्राप्त गरेको हो । पछिल्लो पटक प्रभु बैंकले आफ्नो सेवा र सुविधालाई व्यापक बनाउँदै आफ्ना ग्राहकलाई सरल तरिकाले बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । आफ्नो डिजिटल इकोसिष्टमलाई अपग्रेड गर्दै ग्राहकको सुविधा र सुरक्षालाई ध्यान राखेर सेवा प्रदान गरेको आधारमा इन्फोसिस फिनाकल इनोभेसन अवार्ड प्राप्त गरेको हो ।

प्रभु बैंकले सफलतापूर्वक सेवाको गुणस्तरलाई सुधार गरेको, दु्रत रुपमा नवीन, अनुकुल प्रडक्ट र सेवाहरु ल्याएको जसले गर्दा बैंकिङ उद्योगमा ट्रेन्ड सेटर बनेको इन्फोसिसले जनाएको छ । १० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा प्रभु बैंक विजेताको रूपमा छनोटमा परेको थियो ।

बैंकले प्राप्त गरेको यो अवार्ड बैंकले लिएको डिजिटल बैंकिङको सरल र सहज सुविधा ग्राहकले प्राप्त गरेको सन्तुष्टी भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।

यो अवार्डले हामीलाई आगामी दिनमा ग्राहकको सहभागितालाई अझै व्यापक गराउन र उहाँहरुलाई थप सेवा र सुविधा प्रदान गर्न उत्साहित बनाएको उनले बताए । हामी आगामी दिनमा ग्राहकलाई उत्कृष्ट सेवा दिन थप प्रडक्ट ल्याउने योजनामा छौं, उनले भने । यसअघि प्रभु बैंकले बैंक अफ दी इयरको पनि अवार्ड जितेको थियो ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार १३:०८