सुनको मूल्यमा नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार?



नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत जेठ ७ गते एकैदिन तोलामा नौं सयले बढेर एक लाख ४१ हजार ८०० पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार ११:४२