काठमाडाैं । नेपालमा सञ्चालित ४४ सार्वजनिक संस्थानमध्ये २६ वटा संस्थान नाफामा रहेका छन्। अर्थमन्त्रालयकाे प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा २६ संस्थान नाफामा, १५ वटा घाटामा र तीन वटाको कारोबार शून्य रहेको पाइएकाे हाे ।
जसमा उच्च नाफा आर्जन गर्ने संस्थानमा नेपाल आयल निगम र नेपाल विद्युत् प्राधिकरण छन् भने उच्च घाटा खेप्ने संस्थानमा नेपाल वायु सेवा निगम र नेपाल खानेपानी संस्थान छन्।
नेपाल आयल निगमले आर्थिक वर्ष २०७९/८० मा निगमको खुद नाफा ११ अर्ब ७२ करोड ३० लाख भएको छ । आर्थिक वर्ष २०७८/७९ मा निगम ३८ अर्ब १७ करोड ७८ लाख रुपैयाँ खुद नोक्सानीमा थियो ।
यस्तै प्रतिवेदन अनुसार गत वर्ष नेपाल वायुसेवा निगमले ६५ करोड २९ लाख रुपैयाँभन्दा बढी नोक्सानी बेहोरेको छ। वायुसेवा निगमको अहिलेसम्मको नोक्सानी १६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।
Comment