दुई कम्पनीको १२ लाख ४१ हजार बढी कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई कम्पनीको १२ लाख ४१ हजार बढी कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा स्वरोजगार लघुवित्तको चार लाख ३९ हजार ४०.६५ कित्ता र एनएलजी इन्स्योरेन्सको आठ लाख दुई हजार ६०१.६९ कित्ता समेत गरि कुल १२ लाख ४१ हजार ६४२.३४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

स्वरोजगार लघुवित्तको गत फागुन २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । यसैगरी,यता एनएलजी इन्स्योरेन्स कम्पनीको गत फागुन ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

दुवै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सक्ने छन् ।

प्रकाशित : १६ जेष्ठ २०८१, बुधबार १६:५२