बजेट पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बजेट पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज बजार २३.८१ अंक घटेर २०८९.४२ विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.८२ अंक घटेको छ भने फ्लोटइण्डेक्स २.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंक घटेको छ।

आज ३१४ कम्पनीको चार अर्ब ५७ करोड ५० लाख ६३ हजार रुपैयाँ बराबरको एक करोड सात लाख ३८ हजार कित्ता सेयर किनबेच भएको छ।

त्यस्तै आज युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै कारोबारमा आएको बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य आज सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १९ करोड ५२ लाख १० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : १६ जेष्ठ २०८१, बुधबार १५:२१