भिजन ईनर्जि एण्ड पावरले आईपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

भिजन ईनर्जि एण्ड पावरले आईपीओ निष्कासन गर्ने



काठमाडाैं । भिजन ईनर्जि एण्ड पावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । गत बैशाख ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नका लागि आगामी जेठ ३२ गते विशेष साधारण सभा बोलाएको हो ।

सभा भर्चुअल माध्यमबाट अपरान्ह ३ बजेदेखि शुरु हुने छ ।यस्ता छन् छलफलका विषयहरु :

१. कम्पनीको अधिकृत र जारी पूँजी बृद्धि गर्ने सम्बन्धमा ।

२.कम्पनीको प्रबन्ध पत्रको दफा ६ संशोधन गर्ने सम्बन्धमा ।

३. कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुन आउने रकमको आईपीओ जारी गर्ने सम्बन्धमा ।

४. धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्ने क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन थपघट परिवर्तनको निर्देशन भएमा सोहि बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

प्रकाशित : १६ जेष्ठ २०८१, बुधबार ११:२२