बढेन वृद्ध भत्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

बढेन वृद्ध भत्ता



काठमाडौं । सरकारले वृद्ध भत्ता बढाएको छैन । सरकारले जेष्ठ नागरिक लगायतका लक्षित वर्गलाई प्रदान हुँदै आएको भत्तालाई निरन्तरता दिएको हो ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । उनले भने,‘जेष्ठ नागरिक लगायतका लक्षित वर्गलाई प्रदान हुँदै आएको भत्तालाई निरन्तरता दिएको छु ।’ यसका लागि १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री पुनले जनाए ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १६:३५