कामना सेवा विकास बैंक–ड्रिम इन्टरनेसनल होटल सेवाशुल्क सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कामना सेवा विकास बैंक–ड्रिम इन्टरनेसनल होटल सेवाशुल्क सम्झौता



काठमाडौं। कामना सेवा विकास बैंकले बुटवलको रुपन्देहीस्थित ड्रिम इन्टरनेसनल होटल प्रालिसँग सेवाशुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।

सम्झौताअन्तर्गत बैंक कर्मचारी र ग्राहकले रेस्टुरेन्टको मेनुमा १० प्रतिशतका साथै लजिङ शुल्कमा १५ प्रतिशत छुट पाउन सक्नेछन्।

ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। सम्झौताबाट बैंकसँग आबद्धले विशेष लाभ लिने बैंकको विश्वास  छ।

बैंकले हाल १३५ शाखा, ७७ एटिएम तथा विभिन्न शाखारहित केन्द्रमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित : १४ जेष्ठ २०८१, सोमबार २०:०९