नेप्सेमा सामान्य वृद्धि, तीन अर्ब ८९ करोडकाे सेयर काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा सामान्य वृद्धि, तीन अर्ब ८९ करोडकाे सेयर काराेबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सामान्य अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३.८९ अंक बढेर २११३.२४ विन्दुमा पुगेको छ। त्यस्तै, आज फ्लोट इण्डेक्स ०.०७ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ।

आज ३१७ कम्पनीको तीन अर्ब ८९ करोड ३७ लाख ६४ हजार रुपैयाँ बराबरको ९३ लाख ३० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।।

त्यस्तै, कारोबारमा आज मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजीङ्ग कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । साथै, बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्राक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। यस इन्स्योरेन्सको आज २० करोड ४० लाख ४७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : १४ जेष्ठ २०८१, सोमबार १५:२७