आशा लघुवित्तको अध्यक्षमा गौतम चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आशा लघुवित्तको अध्यक्षमा गौतम चयन



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बिष्णु मणि गौतम सर्वसम्मत चयन भएका छन्। गत जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षमा गौतमलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो।

यसैगरी, सोहि बैठकले गौतमको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति पनि चयन गरेको छ। सञ्चालक समिति सदस्यहरुमा संस्थापक समूहको तर्फबाट कविता पोख्रेल, विमल डंगोल, नारायण प्रसाद घिमिरे, हेमन्त पौडेल र विजय कुमार क्षेत्री छन्। सञ्चालकमा विजय कुमार क्षेत्री स्वतन्त्र सञ्चालकको रुपमा छन्। त्यस्तै, अविनास सिलवाल सर्वसाधारण समूहबाट सञ्चालकमा छन् ।

कम्पनीका अध्यक्ष गौतम सर्वसाधारण समूहतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका हुन् ।

प्रकाशित : १४ जेष्ठ २०८१, सोमबार १३:३५