लगातार पाँच दिन बढेपछि नेप्सेमा करेक्सन, चार अर्ब ४४ करोडकाे सेयर काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लगातार पाँच दिन बढेपछि नेप्सेमा करेक्सन, चार अर्ब ४४ करोडकाे सेयर काराेबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा करेक्सन भएको छ। पछिल्ला दिनहरुमा लगातार बढेको बजारबाट नाफा बुक गर्नेहरु सक्रिय हुँदा आज बजारमा करेक्सन भएकाे हाे । नेप्से परिसूचक २२.१४ अंक घटेर २१०९.३४ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंक घटेको छ।

आज नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत बिहीबार पाँच अर्ब ६८ करोडको सेयर किनबेच भएको बजारमा आज ३१५ कम्पनीको एक करोड १० लाख ४४ हजार कित्ता सेयर किनबेच हुदाँ चार अर्ब ४४ करोड १५ लाख ३८ हजाररुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आज होटल तथा पर्यटन १७७.६४ अंक बढेको छ भने बाकी सबै समूहको उपसूचक राताम्मे बनेका छन् । जसमा बैंकिङ १०.४९, विकास बैंक ४८.६४, वित्त ४७.४१, जलविद्युत ४०.७६, जीवन बीमा ८३.४५, उत्पादन ५६.३८, निर्जीवन बीमा १११.४० र माइक्रोफाइनान्स ८१.६९ अंक घटेको छ ।

त्यस्तै, आज कालिञ्चोक दर्शन लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । साथै, कारोबारमा आएको इन्फिनिटी लघुवित्त र विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक घटेको छ।

आज कारोबार रकमका आधारमा आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस इन्स्योरेन्सको आज १५ करोड ६६ लाख १३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : १३ जेष्ठ २०८१, आईतवार १५:२९