मिटरब्याज पीडितलाई आफ्नो समस्याबारे २१ दिनभित्र उजुरी गर्न आयोगको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मिटरब्याज पीडितलाई आफ्नो समस्याबारे २१ दिनभित्र उजुरी गर्न आयोगको आग्रह



काठमाडौं । मिटरब्याज पीडितलाई आफ्नो समस्याबारे २१ दिन भित्र उजुरी गर्न यस सम्बन्धी जाँच बुझ गर्न गठित आयोगले आह्वान गरेको छ।

शुक्रबार सूचना जारी गर्दै अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगले पीडितहरूलाई आफ्नो त्यस्ता लेनदेनका कागजात र विवरण बारे सरकारलाई जानकारी दिन एक फारम भर्न र आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनेको छ।

गृह मन्त्रालयको वेब साइटमा रहेको फारम डाउनलोड गरी उक्त फारमसँगै त्यस्ता अनुचित लेनदेनका लिखत, टिपोट, सर्तनामा लगायतका सबै सम्झौताका कागजात फोटोकपी गरेर प्रशासनमा बुझाउन आयोगले भनेको छ।

अनुचित लेनदेनमा संलग्न साहु पक्षले पनि मेलमिलाप र सहज रुपमा विवाद समाधानका लागि पनि फारम भरेर पठाउन सक्ने आयोगले सूचनामा भनेको छ।

प्रकाशित : ११ जेष्ठ २०८१, शुक्रबार १२:१७