कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीका आठ जना सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेका हुन् ।

जसमा सुष्मा पोखरेल शर्माको ४७ हजार २९४ कित्ता, राजेन्द्र कुमार घिरिङको ६१ हजार ४२५ कित्ता, पर्शुराम कार्कीको एक लाख ५८ हजार ८२ कित्ता, मोहन प्रजापतीको ६१ हजार ४२१ कित्ता, विनोद कुमार शर्माको आठ हजार २४८ कित्ता छ ।

यस्तै रीना महर्जनको ६१ हजार ४२१ कित्ता, मनोज विक्रम शाहको एक लाख ६९ हजार ५४९ कित्ता, शिशीर कुुमार भट्टको एक लाख ५० हजार कित्ता छ ।

इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सेयर रजिष्ट्रार, कमारी क्यपिटल काठमाडौं–१ नक्साल, नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालयमा आफुले खरिद गर्न इच्छुक शेयर कित्ताको सम्पुर्ण व्यवहोरा खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयर धनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : ९ जेष्ठ २०८१, बुधबार १२:२५