नेप्से बढ्ने क्रम जारी, काराेबार रकम भने घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से बढ्ने क्रम जारी, काराेबार रकम भने घट्याे



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २३.९४ अंक बढेर २११५.९४ विन्दुमा रोकिएको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक बढेको छ।

आज नेप्से बढेपनि कारोेबार रकमले भने त्यति साथ दिएन् । अघिल्लो कारोबार दिन पाँच अर्ब ८५ करोडको सेयर किनबेच भएको बजारमा आज ३१७ कम्पनीको एक करोड ३२ लाख ४१ हजार कित्ता सेयर किनबेच हुदाँ पाँच अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबारमा आज विकास बैंक १२.२४ र टेड्रिङ समूह १४.९७ अंक घटेको छ भने बाकी सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ १९.९८ , होटल तथा पर्यटन १४.४४, वित्त ७५.१५, हाइड्रोपावर ५३.५७, जीवन बीमा १९.१८, उत्पादन १०.५२, निर्जीवन बीमा २९.६१ र माइक्रोफाइनान्स ६७.५९ अंक बढेको छ ।

त्यस्तै आज जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै, कारोबारमा आएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घटेको छ ।

कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज २४ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : ८ जेष्ठ २०८१, मंगलवार १५:३०