दोस्रो दिन पनि बढ्यो सेयर बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोस्रो दिन पनि बढ्यो सेयर बजार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । आज बजार २७.५४ अंक बढेर २०९२.०० को विन्दुमा बन्द भएको हो। अघिल्लो कारोेबार दिन आइतबार बजार ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा पुगेको थियो ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ७.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८० अंक बढेको छ।

आज नेप्सेसंगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन पाँच अर्ब २५ करोडको सेयर कारोबार भएको बजारमा आन ३१५ कम्पनीको एक करोड ४३ लाख ७० हजार कित्ता सेयर किनबेच हुदाँ पाँच अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आज बैंकिङ ४५.२०, विकास बैंक १७.५७, होटल तथा पर्यटन २०.४२, हाइड्रोपावर ३३.९२, अन्य ८.७०, टेड्रिङ समूह ६०.८२ अंक बढेको छ । त्यस्तै, उत्पादन ३४.०६, माइक्रोफाइनान्स ३०.१३, निर्जीवन बीमा ५६.०९, जीवन बीमा ८.३७, वित्त १२.३० अंक घटेको छ ।

कारोबारमा आज सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने बाराही हाइड्रोपावर र एनआईसी एशिया बैंकको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उपकार लघुवित्तको सेयरमूल्य आज सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १९ करोड ९२ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : ७ जेष्ठ २०८१, सोमबार १५:३४