काठमाडौं । चुरे उत्थानशील आयोजनाले आगामी जेष्ठ ०९ मा पर्ने अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाउन एउटा रमाइलो प्रश्नोत्तर सञ्चालन गर्ने भएको छ। उक्त प्रश्नोत्तर अन्तर्राष्ट्रिय जैविक विविधता दिवस भन्दा एक हप्ता अगाडि अर्थात जेष्ठ ०२ गते सुरु भएर जेष्ठ ०९ गते समाप्त हुनेछ।
प्रश्नोत्तरका लागि, स्थानीय वनस्पति र जीवजन्तुका तस्बिरहरू चुरे उत्थानशील आयोजनाका ह्खाता रफेसबुक पेजमा राखिने र दर्शकलाई ती चित्र पहिचान गर्न अनुरोध गरिने आयोजनाले जनाएको छ।
प्रश्नोत्तरले यस क्षेत्रका विविध वनस्पति र जीवजन्तुहरूको बारेमा जानकारी बढाउने, छलफल उत्प्रेरित गर्ने र जैविक विविधता र संरक्षणको महत्त्वलाई दर्शाउने अपेक्षा गरिएको छ।
नमुनाका लागि पहिलो तस्बिर खातामा र फेसबुक पेजमा राखिएकाे जनाएकाे छ ।यसबाहेक, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई यस क्षेत्रका वनस्पति र जीवजन्तुका आफ्नै तस्बिरहरू साझा गर्न, र सचेतना जगाउनको लागि यी बोटबिरुवा र जनावरहरूको बारेमा व्यापक रूपमा छलफल गर्न स्वागत गरिने जनाएको छ।
चुरे उत्थानशील आयोजनाका राष्ट्रिय परियोजना प्रबन्धक बलराम कँडेल भन्छन्, ‘हाम्रो पृथ्वीको स्वास्थ्य र मानव जातिको हितका लागि जैविक विविधता धेरै महत्त्वपूर्ण छ। जैविक विविधताको संरक्षण गर्न हामीले यसको बारेमा थप चेतना जगाउन आवश्यक छ।’
चुरे उत्थानशील आयोजनाले पूर्वी चुरे क्षेत्रमा वनको क्षेत्रफल बढाउने, वनलाई प्राकृतिक रूपमा पुनर्जीवित गर्ने, र वनको पुनर्स्थापना गर्ने काम गर्दछ, जुन जैविक विविधताको प्रवर्द्धनका लागि अत्यावश्यक रहेको छ।





Comment