सेयर बजार ८.२६ अंकले बढ्याे, सवा तीन अर्बकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार ८.२६ अंकले बढ्याे, सवा तीन अर्बकाे काराेबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज बजार ८.२६ अंकले बढेर परिसूचक १९७४.५० बिन्दुमा रोकिएको हो । त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ।

आज ३११ कम्पनीको ७८ लाख ५७ हजार कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब १५ करोड ५१ लाख ४२ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा आज वित्त १८.७८, होटल १२६.४५ र माइक्रोफाइनान्स ५७.८१ अंक घटेको छ भने बैंकिङ समूहको ४.४६, विकास बैंक ४२.४३, जलविद्युत ३.८५, जीवन बिमा १२२.०८, निर्जीबन बिमा २७२, उत्पादन तथा प्रशोधन ९३.६६, अन्य ११.०१, ट्रेडिङ समूहको उपसूचक ३१.६७ अंकले बढेको छ ।

त्यस्तै, आज श्रृजनशील लघुवित्त वित्तिय संस्थाको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, मानुषी लघुवित्त वित्तिय संस्थाको सेयरमुल्य आज सर्वाधिक घटेको छ ।

कारोबार रकमका आधारमा आज सांग्रिला डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। यस बैंकको आज १० करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : ३० बैशाख २०८१, आईतवार १५:२२