सिटिजन लाइफ इन्स्योरेन्सकाे सेयर काराेबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिटिजन लाइफ इन्स्योरेन्सकाे सेयर काराेबार फुकुवा



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले वैशाख २८ गते को निर्णयानुसार कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।

कम्पनीले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने उल्लेख गर्दै धितोपत्र कारोबार फुकुवा गरिदिन आग्रह गर्दै गत वैशाख २६ गते नेप्सेलाई पत्र लेखेको थियो ।

नेप्सेले कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै कारोबार फुकुवा गरेको जनाएको छ।

सिटिजन लाइफले पटकपटक लाभांशको सूचना परिवर्तन गरेकाले धितोपत्र सूचीकरण विनयमावली २०७५ को विनियम १६-१०-(ग)मा भएको व्यवस्था बमोजिम नेप्सेले गत वैशाख २५ गते कम्पनीको दोस्रो बजार धितोपत्र कारोबार स्थगन गरेको थियो ।

प्रकाशित : ३० बैशाख २०८१, आईतवार ११:३१