सेयर बजारमा सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य सुधार



काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज बजार मापन गर्ने सूचक २.०६ अंकले बढेर १९६०.८१ बिन्दु कायम भएको हो । आज सेन्सेटिभ इण्डेक्स १.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक बढेको छ।

आज ३१४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब १४ करोड पाँच लाख दुई हजार ६२१ कित्ता सेयर कारोबार भएको छ ।

कारोबारमा विकास बैंक १२.८०, माइक्रोफाइनान्स ९९.९८, अन्य समूहको उपसूचक ११.२२ अंकले बढेको छ । बाँकी समूहको उपसूचक घटेका छन् ।

कारोबारमा हिमालयन लघुवित्त वित्तीय संस्था, इन्फिनिटि लघुवित्त, समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस्तै बोटलर्स नेपाल तराई, सिवाईसी नेपाल लघुवित्त माउन्टेन हाईड्रो, दोल्ती पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको आज आठ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : 7 May, 2024 3:40 pm