सेयर बजारमा झिनो अंकको सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा झिनो अंकको सुधार



काठमाडौं । सेयर बजारमा सोमबार झिनो अंकको सुधार भएको छ । आज नेप्से सूचक ०.०७ विन्दुले बढेर १९८०.३४ अंकमा आएको हो । त्यसैगरी, आन सेन्सेटिभ इण्डेक्स १.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ।

आज कारोबारमा आएका ३१७ कम्पनीका ७३ लाख ४१ हजार कित्ता सेयर खरिद बिक्रीबाट दुई अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैंया बराबरको कारोबार भएको छ । कारोबारमा बैंकिङ ३.०३, विकास बैंक ६५.४९, वित्त समूह ,८९,२२ अंकले बढेको छ भने होटल ३०.१९, जलविद्युत १२.१०, जीवन बिमा २५.२५, उत्पादन तथा प्रशोधन ४.५४, निर्जीबन बिमा ५२.६६, अन्य १३.५७, ट्रेडिङ समूहको उपसूचक १२.४२ अंकले घटेको छ ।

कारोबारमा ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको घटेको छ । आज पोखरा फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, कारोबारमा आएको पिपुल्स पावरको सेयरमूल्य भने यस दिन सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : 29 April, 2024 3:33 pm