लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता



काठमाडौं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ।

सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता बिहीबार भएको हो। सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका छन्।

न्यादी पावरले प्रतिकित्ता एक सय रुपैयाँको दरले ३ करोड ३ लाख ६० हजार ७ सय ८४ कित्ता सेयर निष्कासन गर्दैं छ। उक्त सेयरको तीन अर्ब तीन करोड साठ्ठी लाख अठहत्तर हजार चार सय रुपैयाँ बराबरको सेयर प्रत्याभूति कोषले गर्ने भएको हो। योभन्दा अघि पनि कोषले धेरै कम्पनीहरूसँग प्रत्याभूतिको कार्य गरिसकेको छ।

प्रकाशित : ६ बैशाख २०८१, बिहीबार १६:०६