बोर्ड अध्यक्षको सर्टलिष्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बोर्ड अध्यक्षको सर्टलिष्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी



काठमाडौं। धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सर्टलिष्टमा परेका पाँच जना आवेदकलाई कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी भएको छ। अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले सर्टलिष्टमा परेका पाँच जना चैत २९ गते बिहिबार कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी गरेको हो ।

समितिले प्रस्तुतीका आधारमा पाँच जनाबाट तीन जनाको नाम बोर्डको अध्यक्ष नियुक्तिका लागि मन्त्रीपरिषदमा पठाउनेछ । पाँचै जनाको प्रस्तुती मूल्यांकन गरिसकेपछि सोहि दिन नै तीन जनाको नाम मन्त्रीपरिषदमा पठाउने तयारी समेत भईरहेको छ ।

यसरी सिफारिस समितिले पठाएको तीन जनामध्येबाट मन्त्रीपरिषदको बैठकले धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्नेछ ।

प्रकाशित : 9 April, 2024 2:50 pm