बक्यौता नतिर्ने स्थानीय तहको सडक बत्ती प्राधिकरणले काट्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

बक्यौता नतिर्ने स्थानीय तहको सडक बत्ती प्राधिकरणले काट्ने



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती काट्ने भएको छ। प्राधिकरणले शुक्रबार सार्वजनिक सूचना जारी गरी जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको हो।

यसबाट सर्वसाधारणमा पर्ने असरप्रति प्राधिकरणले क्षमा समेत मागेको छ । सडक बत्तीको व्यवस्थित उपयोग र सो को महसुल भुक्तानी गर्ने सम्बन्धमा प्राधिकरणले १६ चैतमा एक सूचना प्रकाशित गरेको थियो । जसमा महसुल बुझाउन स्थानीय तहहरूलाई अनुरोध गरिएको थियो ।

केही तहले महसुल बुझाएको भए पनि कतिपय स्थानीय तहबाट बक्यौता नआएको भन्दै प्राधिकरणले यस्तो चेतावनी दिएको हो ।

प्रकाशित : २३ चैत्र २०८०, शुक्रबार १५:२२