विश्व बैंकले पुननिर्माणका लागि ५० करोड अमेरिकी डलर अर्थात करिब ५१ अर्ब रुपैयाँ सहायता उपलब्ध गराउने भएको छ । बैंकले दाता सम्मेलन भन्दा दुई दिन अघि सहायता घोषणा गरेको हो ।
यो रकममध्ये करिब २० अर्ब ग्रामीण क्षेत्रमा भवन बनाउन प्रयोग हुनेछ । विश्व बैंकले नेपालका ग्रामीण क्षेत्रमा आफैंले ५५ हजार घर बनाउन यो रकम खर्च गर्ने जनाएको छ । १० अर्ब बजेटमा समावेश हुनेछ भने बाँकी २० अर्ब विश्व बैंकका अहिले नै संचालनमा रहेका कार्यक्रमबाट निकालिने छ ।
‘विश्व बैंक नेपाली जनताको आवश्यकता पुरा गर्न सँगै उभिएको छ, बैंकका अध्यक्ष जिम योङ किमले भने, पुननिर्माणँका लागि स्रोत जुटाउन र नेपाललाई भूकम्प अघिकै अवस्थामा फर्काउन बैंक सरकारसँग सहकार्यमा छ । हामी भूकम्प पीडितको सहयोगका लागि सम्भव भएसम्म जस्तोसुकै सहयोग गर्न पनि तयार छौं । विशेषगरी गरिव मानिसहरुको अवासा निर्माण हाम्रो प्राथमिकता हो ।’
विश्व र्बैकको सहयोगमा सरकारले आगामी विहीबारबाट अन्तराष्ट्रिय दाता सम्मेलन गर्देछ ।
८ असार २०७२, मंगलवार १५:२८
Comment