मैलुङ खोला जलविद्युत कम्पनीको धितोपत्र कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मैलुङ खोला जलविद्युत कम्पनीको धितोपत्र कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्च नेप्सेले मैलुङ खोला जलविद्युत कम्पनीको धितोपत्र कारोबार फुकुवा गरेको छ ।

नेप्सेले गत चैत ८ गतेदेखि कम्पनीको धितोपत्र कारोबार रोक्का राखेको थियो । कम्पनीले लाभांश घोषणाको जानकारी नेप्सेमा कारोबारको समय ११ः१७ बजे नट्समार्फत दिएको भन्दै धितोपत्र कारोबार स्थगन गरेको थियो । सोही कारण नेप्सेले कम्पनीलाई ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो।

सोहि अनुरुप कम्पनीले प्राविधिक समस्या आएका कारण लाभांश सम्बन्धी जानकारी समयमै दिन नसकिएको सजह भई आगामी दिनमा यस्तो गल्ति नदोहोराउने प्रतिवद्धता पत्र नेप्सेलाई पठाएको छ ।

नेप्सेले कम्पनीलाई सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै रोक्का रहेको धितापत्र कारोबार चैत १२ गतेको निर्णयअनुसार फुकुवा गरेको छ ।

प्रकाशित : 26 March, 2024 12:15 pm