सभापोखरी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सभापोखरी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान



काठमाडौं । सभापोखरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा डाकेको छ। सभा चैत २४ गते अरिकल इभेन्ट्स, महाराजगंज, काठमाडौंमा दिउँसो ३ बजेदेखि गर्ने निर्णय गरेको हो ।

उक्त कम्पनीको पूँजीको संरचना संशोधन गर्ने र आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने सम्बन्धमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्ने जनाएकाे छ । साथै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । त्यस्तै, संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने तथा १ जना स्वतन्त्र सञ्चाल नियुक्त गर्ने निर्णय पारित हुनेछ ।

प्रकाशित : ४ चैत्र २०८०, आईतवार १३:५३