नेरुडे मिर्मिरे लघुवित्तको एकीकृत कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेरुडे मिर्मिरे लघुवित्तको एकीकृत कारोबार सुरु



काठमाडौं । नेरुडे र मिर्मिरे लघुवित्तले बुधबारबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुवै संस्था एक आपसमा मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु गरेका हुन्।

दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।

मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय भने बनेपा नगरपालिका वडा नं ८ काभ्रेपलाञ्चोकमा रहने छ ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार १४:४६