नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे २ लाख बढी कित्ता शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे २ लाख बढी कित्ता शेयर बिक्रीमा



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको २ लाख ५५ हजार ७४१ कित्ता शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरमा हाललाई विद्यमान संस्थापकहरुले मात्रै खरिद आवेदन पेस गर्न सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा बुझाउन सकिनेछ।

संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार ११:२१