सेयर बजारमा हरियाली : साढे चार अर्ब बढीकाे काराेबार, पाँच कम्पनीको मूल्यमा लाग्यो सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा हरियाली : साढे चार अर्ब बढीकाे काराेबार, पाँच कम्पनीको मूल्यमा लाग्यो सर्किट



काठमाडौं । मंगलबार नेप्से परिसूचक उकालो लागेको छ । आज बजार ५८.५५ अंक बढेर २१११.२१ विन्दुमा पुगेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १०.६० अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७६ अंक बढेको छ।

आज ३०५ कम्पनीको एक करोड छ लाख नौं हजार कित्ता सेयर किनबेच हुदाँ चार अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आज सबै सूचक हरियाली बनेका छन् । कारोबारमा बैंकिङ समूहको ३४.०१, विकास बैंक ८६.४८, वित्त ४२.४३, जलविद्युत २५.६१, जीवन बिमा ५५७.८०, उत्पादन तथा प्रशोधन समूहको उपसूचक १६२.०८, माइक्रोफाइनान्स १८९.०७, होटल तथा पर्यटन २०५, निर्जीबन बिमा समूहको उपसूचक ३३८.६४ अंक बढेको छ।

आज पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, आज आठ कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ३७ करोड १९ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : 12 March, 2024 3:28 pm