अर्थ मन्त्रालयले माग्याे नियामक निकायहरुसँग पुँजी बजार सुधारका योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अर्थ मन्त्रालयले माग्याे नियामक निकायहरुसँग पुँजी बजार सुधारका योजना



काठमाडाैं । अर्थमन्त्री बर्षमान पुनले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न नियामक निकायसँग सुझाव मागेका छन् ।अर्थमन्त्रालयले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएससीसँग बजारमा देखिएका समस्या समाधान गर्न सुझाव मागेकाे हाे ।

यसका लागि तीनै निकायलाइ ७ दिनभित्र सुझाव पेश गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।

‘देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान एंव त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको राय समेत लिई ७ दिनभित्र कार्ययोजना पेश गर्नुहुुन माननीय मन्त्रिज्यूको निर्देशानुसार अनुरोध छ’ पत्रमा भनिएको छ ।

प्रकाशित : २८ फाल्गुन २०८०, सोमबार १२:२३