द्धिपक्षीय व्यापार विस्तारका सम्वन्धमा उद्योग संगठन मोरङ र बंगलादेशका राजदुत बीच छलफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

द्धिपक्षीय व्यापार विस्तारका सम्वन्धमा उद्योग संगठन मोरङ र बंगलादेशका राजदुत बीच छलफल



काठमाडौं । उद्योग संगठन मोरङले बंगलादेश र नेपालबीच हुनसक्ने व्यवसायीक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवद्र्धन र विकासका साथै पर्यटन लगायतका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका विषयमा नेपालका लागि बंगलादेशका राजदुत सलाहउद्दिन नोमन चौधरीसँग छलफल गरेको छ ।

संगठनको सचिवालयमा भएको छलफलमा अध्यक्ष राकेश सुरानाले नेपाल र बंगलादेश बीचको व्यापारिक सम्वन्ध अभिवृद्धिका लागि नेपाली उत्पादनले बंगलादेश निर्यातमा भोग्दै आएको समस्याअवगत गराउदै समाधानका लागि सहजीकरण गर्न राजदुत समक्ष आग्रह गरे ।

अध्यक्ष सुरानाले बंगलादेश स्थित व्यावसायीक संस्था तथा औद्योगिक पक्षहरुसंग संस्थागत सम्वन्ध विस्तारमा जोड दिदै उनले संगठनले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय ब्यापार प्रवद्र्धन र्यालीका साथै नेपालर बंगलादेशका उद्योगीहरु बीच सम्बन्ध बिस्तारका लागीआवश्यक सहजीकरण गर्न समेत अनुरोध गरे ।

उक्त अवसरमा बंगलादेशका राजदुत सलाहउद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशका बिच धेरै क्षेत्रहरुमा सहकार्यको प्रचुर सम्भावना रहेकोले दुई मुलकका औद्योगिक तथा व्यवसायीहरु बिचको सम्वन्ध विस्तारका लागि दुताबास निरन्तर सहजिकरण गर्न तत्पर रहेको बताए । उनले निर्यातमा देखिएका समस्या समाधान लागि आफनो तर्फबाट पहल र प्रयास रहने स्पष्ट पारे ।

राजदुत चौधरीले दिपक्षीय व्यापारिक हितका लागि संगठनले अन्तर्राष्ट्रिय स्तरको र्याली आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै बंगलादेश दुतावासको तर्फबाट आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता व्यत्त गरे ।

कार्यक्रममा उद्योग संगठन मोरङको पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र नेपालका लागि बंगलादेश दुतावासका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : २७ फाल्गुन २०८०, आईतवार १६:४३