प्रभु बैंकको ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क-कसले आवेदन दिन पाउने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकको ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क-कसले आवेदन दिन पाउने ?



काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८४ हजार १४४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले यसमा आवेदन दिन सक्नेछन् ।

यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो ।

सेयर खरिद गर्न इच्छुकले आज देखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।

प्रकाशित : २५ फाल्गुन २०८०, शुक्रबार ११:३५