सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ?



काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट सर्वसाधारणलाई जारी गरेको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान आईपीओ बाँडफाँट भएको हो।

यसमा गोलाप्रथामार्फत ५५ हजार ५२१ जनाले सेयर हात पारेका छन् । जसमध्ये २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन् । सर्वोत्तमको आइपीओमा नौं लाख ६० हजार ३०१ जनाले आवेदन दिएकामा एक हजार ३४२ जनाको आवेदन रद्द भएको छ ।

रितपूर्वक आवेदन दिएका नौं लाख ५८ हजार ९५९ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । सर्वोत्तमले फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्री गरेको थियो । लगानीकर्ताले सर्वोत्तम सिमेन्टको वेबसाइट र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटबाट आइपीओ नतिजा हेर्न सक्नेछन् । यस्तै, सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ ।

प्रकाशित : २५ फाल्गुन २०८०, शुक्रबार ११:२५