नेप्सेमा ५५ लाख ९५ हजार बढी कित्ता बोनस सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा ५५ लाख ९५ हजार बढी कित्ता बोनस सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेमा ५५ लाख बढी कित्ता सेयर सूचिकृत भएको छ। बिहीबार यूनाईटेड अजोड ईन्स्योरेन्स, हिमालयन एभरेष्ट र जीवन विकास लघुवित्तको ५५ लाख ९५ हजार ३९१ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

यूनाईटेड अजोडको १०.२६ प्रतिशतले हुने १९ लाख ५४ हजार ३२० कित्ता, हिमालयन एभरेष्टको ८.६२ प्रतिशतले हुने बोनस सेयर १९ लाख ८६ हजार २२४ कित्ता र जीवन विकासको १४ प्रतिशतले हुन आउने बोनस सेयर १६ लाख ५४ हजार ८४७ कित्ता सेयर बिहिबार सूचिकृत भएको हो ।

प्रकाशित : २४ फाल्गुन २०८०, बिहीबार २०:४४