सोल्टी होटेलकाे बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सोल्टी होटेलकाे बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार ४४ लाख कित्ता बढी बोनस सेयर सूचिकृत भएको छ । आज सोल्टी होटेल लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

आज सोल्टी होटेलको ५ प्रतिशतले हुन आउने ४४ लाख २३ हजार ८ सय ६४ कित्ता बोनस सेयर सूचिकृत भएको हो। सेयर सूचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार १६:०९