निफ्राको ‘लक इन’ अवधि सकियाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निफ्राको ‘लक इन’ अवधि सकियाे



काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को लक इन अवधि आजबाट सकिएको छ। बैंकले एक सूचना जारी गर्दै फागुन २३ गते बुधबारदेखि बैंकको संस्थापक सेयरधनीहरुको लक इनमा राखिएको सेयरको लक–इन अवधि सकिएको जनाएको छ ।

निफ्राले गत २०७७ माघ २ गतेबाट आठ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ०.२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने सात करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।

बैंकको आईपीओ बाँडफाँड २०७७ माघ १६ गते भएको थियो । हाल बैंकको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर लक–इनमा रहेको थियाे । लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार १५:११