सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट गर्ने मिति तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट गर्ने मिति तय



काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान सेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

क्यापिटलले आईपीओको प्रि अलोटमेन्ट गरिसकेको छ। सर्वोत्तमको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १० लाख १२ हजार ३८४ जनाले कुल पाँच करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ५५ हजार ५२१ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी साढे नौं लाख जनाको भने हात खाली हुनेछ।

सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।

प्रकाशित : २१ फाल्गुन २०८०, सोमबार १४:३९