राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ



काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । रिक्त २० जना राष्ट्रियसभा सदस्यमध्ये १९ जना सांसदहरूले राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालबाट शपथ लिएका हुन् ।

आइतबार मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो भने नयाँलाई स्वागत गरिएको थियो।

रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन् । एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् ।

प्रकाशित : २१ फाल्गुन २०८०, सोमबार १२:४३