माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारणसभा पनि आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारणसभा पनि आह्वान



काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश दिने घोषणा गरेको छ। कम्पनीको फागुन २० गते बसेको संचालक समिति बैठकले आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीको उक्त लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले चैत्र १३ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ फागुन ३० गते बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात फागुन २९ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।

प्रकाशित : 4 March, 2024 11:59 am