काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार ४४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ।
आज नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशतले हुन आउने ४४ लाख ९८ हजार ७७ दशमलव ३७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
आज नै शिवम सिमेन्टको १४.२५ प्रतिशतले हुन आउने ६२ लाख ७० हजार कित्ता बोनस शेयर सुचिकृत भएको छ ।
Comment