कृषि विकास बैंकले डाक्याे साधारण सभा, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कृषि विकास बैंकले डाक्याे साधारण सभा, यस्ता छन् एजेण्डा



काठमाडौं । कृषि विकास बैंकले फागुन ३० गते साधारणसभा आह्वान गरेको छ । बैंकले भक्तपुरको बोडे स्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा सभा आह्वान गरेको हो ।

सभामा बैंकले लाभांश प्रस्ताव गरेको छैन । प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानून बमोजिम संशोधन गर्नु पर्ने भएमा वा नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन तथा संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विषेश प्रस्ताव रहेको छ ।

साथै, महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तिको लागि परामर्श प्राप्त भएका लेखापरीक्षकहरूलाई यस बैंकको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने । नाफा नोक्सान हिसाव, ईक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीहरू लगायत वार्षिक आर्थिक विवरणहरू छलफल गरी पारित गर्ने लगायतका प्रस्ताव पेश गर्ने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि फागुन १७ देखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रकाशित : ८ फाल्गुन २०८०, मंगलवार १५:११