सूचिकृत नभएका कम्पनीलाई एनआईसी एशिया क्यापिटलले आईपीओसम्म सहयाेग गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सूचिकृत नभएका कम्पनीलाई एनआईसी एशिया क्यापिटलले आईपीओसम्म सहयाेग गर्ने



काठमाडौं । एनआईसी एशिया क्यापिटलले “आइडीया टु आइपीओ” सेवा अन्तर्गत दोश्रो बजारमा सूचिकृत नभएका पब्लिक कम्पनी तथा प्रा लि कम्पनीहरुलाई समेत शेयर रजिष्ट्रारको सेवा प्रदान गर्ने भएको छ । यस अन्तर्गत क्यापिटलले कानुन तथा सम्बन्धित नियमनकारी निकायले तोके बमोजिमको प्रतिवेदन तयार गरिदिने तथा तोकेको समय सीमा भित्र सम्बन्धित निकायहरुमा पेश गर्नुपर्ने विवरण तथा कागजात तयार गर्न आवश्यक सहयोग गर्ने जनाएको छ।

साथै कम्पनीको शेयर कारोवार गर्नको लागि ओटीसी मार्केटमा सूचिकरण गरिदिने, ओटीसी मार्केट वा अन्य आपसी समझदारी मार्फत कारोबार भई आएका कारोवारहरुको दाखिला/खारेज वा नामसारीको लागि आवश्यक प्रकृया पूरा गरी/गराई शेयरधनीहरुको लगत अद्यावधिक बनाई राख्ने सेवा पनि क्यापिटलले दिने भएको छ ।

त्यस्तै कम्पनीको वार्षिक साधारणसभा तथा आवश्यकता अनुसार विशेष साधारणसभा गर्न आवश्यक सहयोग गर्ने, साधारणसभाबाट पारित लाभांश वितरण गरिदिने, आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्न परामर्श दिने,कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगत प्रमाणिकरण, संचालक लगत र कम्पनी अद्यावधिक पत्र लिने लगायतका सम्पूर्ण सेवा उपलब्ध गराउने पनि क्यापिटलले जनाएको छ ।

त्यस्तै क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत पब्लिक कम्पनीमा परिणत गर्न आवश्यक सहयोग गर्ने, प्रचलित नियम अनुसार नयाँ प्रा।लि। कम्पनी तथा लिमिटेड कम्पनी संचालन गर्न चाहने व्यक्ति तथा संघ संस्थाहरुको तर्फबाट कम्पनी रजिष्ट्रारको कार्यालय र अन्य सम्बन्धित निकायमा दर्ता गर्दा आवश्यक पर्ने विवरण तथा कागजात तयार गर्न सहयोग गर्ने भएको छ ।

त्यस्तै कुनै पनि कम्पनीको साधारण शेयर निष्काशन गर्नको लागि सम्बन्धित कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा अद्यावधिक गर्नुपर्ने व्यवस्थाहरु नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड तथा सम्बन्धित नियमनकारी निकायले तोकेको मापदण्ड तथा व्यवस्थाहरु पालना हुने गरी संशोधन गर्न सहयोग गर्ने कार्य पनि क्यापिटलल गर्ने छ ।

कम्पनीको Capital Restructuring गर्न सहयोग गर्ने । कम्पनीको Capital Restructuring गर्दा स्वःपूँजी वा साधारण शेयरमा परिवर्तनीय धितोपत्र वा ऋणको स्वरुप भएको उपकरण वा ऋण वा स्वःपूँजीसँग सम्बन्धित अन्य अपकरणहरु मध्ये कम्पनीको लागि जुन उपयुक्त हुन्छ सोही अनुसारको पूँजी संरचना तयार पार्न आवश्यक सहयोग गर्ने क्यापिटलले उल्लेख गरेको छ। कम्पनीको वित्तीय अवस्थाको अध्ययन गरी कम्पनीलाई आवश्यक इक्वीटी शेयर तथा अग्राधिकार शेयर क्यापिटल व्यक्तिगत तवरबाट संकलन गर्न कम्पनीको मुल्याङ्कन गरी उचित प्रति शेयर मुल्य निर्धारण गर्न सहयोग गर्ने कार्य पनि क्यापिटलले गर्ने छ ।

कम्पनीको सर्वसाधारणमा शेयर निष्काशन गर्दा उक्त समयमा कायम कम्पनीको वित्तीय अवस्था र प्रचलित कानूनमा भएको व्यवस्था अनुसार सर्वसाधारणमा जारी गर्दा अंकित मूल्य, प्रिमियम मूल्य वा बुक बिल्डिङ्ग बिधि मध्ये जुन उपयुक्त हुन्छ सोही अनुसार उचित समयमा साधारण शेयर निष्काशन गर्नको लागि परामर्श उपलब्ध गराउने पनि क्यापिटलले जनाएको छ ।

कम्पनीलाई नयाँ उचाइमा पुर्याउनको लागि सम्बन्धित कम्पनीको व्यवसायको मापन, तत्काल सुधार गर्नुपर्ने पक्ष, दक्ष जनशक्तिको विकास तथा नियुक्ती, कम्पनीको ब्राण्डिङ्ग, व्यवसायीक कार्य योजना, भविष्यमा आइपर्ने चुनौतिहरुको सामना गर्नको लागि आवश्यक रणनीतिको तर्जुमा, व्यवसाय विस्तार तथा लागत कम गर्नको लागि नविनतम् प्रविधिको प्रयोग सम्बन्धमा खोजविन गरी कार्यन्वयन गराउन आवश्यक सहयोग गर्ने पनि क्यापिटलले उल्लेख गरेको छ।

IPO Readiness Assessment Test (IPO-RATE) गर्दा कुनै पनि कम्पनीको आईपीओ जारी गर्न योग्य देखिएको खण्डमा तुरुन्त आईपीओ शेयर जारी गर्न आवश्यक प्रकृया अगाडी बढाइदिने कार्य पनि गर्ने क्यापिटलले जनाएको छ ।

कुनै पनि पब्लिक कम्पनी तथा प्राइभेट कम्पनी संचालन गर्दा प्रचलित कानून र सम्बन्धित नियमनकारी निकायले तोकेको सम्पूर्ण मापदण्डको परिपालन गरेर मात्र कम्पनी संचालन गर्नुपर्ने आजको अपरिहार्य आवश्यकता हो । कुनै पनि कम्पनी राम्रो सँग संचालन गर्नको लागि कम्पनी भित्रको संस्थागत सुशासन र कानूनी व्यवस्थाको पूर्ण रुपमा परिपालना गरेर संचालन भएका कम्पनीहरु मात्र लामो समयसम्म संचालन गर्न सकिने र कम्पनीका लगानीकर्ताहरुलाई पनि उचित मुनाफा वितरण गर्न सक्षम हुने देखिन्छ । संस्थागत सुशासन र कानूनी व्यवस्थाको राम्रो ज्ञान अनुभव भएका दक्ष जनशक्ती प्राप्त गर्न निकै गाह्रो र बढी खर्चिलो हुने देखिएको हुँदा एन आई सी एशिया क्यापिटलले आईडिया टु आईपीओ सेवालाई अझै परिस्कृत गर्दौ सूचिकरण नभएका पब्लिक कम्पनीहरु तथा प्राइभेट कम्पनीहरुलाई समेत शेयर रजिष्ट्रार र संस्थागत परामर्श सेवा सहित क्ष्एइ जारी गर्ने चरणसम्म पु¥याउनको लागि यी सेवा संचालनमा ल्याएको जनाएको छ ।

एन आई सी एशिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ नामक सेवा संचालन गरिरहेको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, further Expansion हुदैं आईृपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पु-याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल सम्म क्यापिटलको यो सेवा अन्तर्गत छोटो समयमा २२ वटा कम्पनीहरुसँग दुई पक्षिय सम्झौता सम्पन्न गरी ५ वटा प्रा लि कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराई आईपीओ निष्काशनको कार्य समेत सम्पन्न गर्न सफल भइसकेका क्यापिटलले जनाएको छ । अन्य बाँकी कम्पनीहरु Private Placement, IPO Readiness Assessment Test (RATE) को प्रकृयामा रहेका क्यापिटलले उल्लेख गरेको छ।

प्रकाशित : ४ फाल्गुन २०८०, शुक्रबार १६:२७