बोटलर्स नेपाल (बालाजु)१५ करोड १५ लाख घाटामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बोटलर्स नेपाल (बालाजु)१५ करोड १५ लाख घाटामा



काठमाडौं । बोटलर्स नेपाल(बालाजु)लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले यो अवधिसम्म १५ करोड १५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।

गत वर्ष यसले २९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यसको सञ्चालन आम्दानी घट्दा कम्पनी घाटामा गएको हो । गत वर्ष यो कम्पनीले पाँच अर्ब १९ करोड ७३ लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । अहिले घटेर चार अर्ब ५८ करोड ३१ लाख रुपैयाँ कायम भएको छ । गत बर्ष सात करोड ४२ लाख रुपैयाँ रहेको वित्तीय खर्च अहिले बढेर १५ करोड ४९ लाख पुगेको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा पाँच अर्ब ५२ करोड ८४ लाख रुपैयाँ जम्मा छ । कम्पनीको प्रतिसेयर आम्दानी १४९ रुपैयाँ नोक्सानीमा (वार्षिकीकरण) रहेको छ । नेटवर्थ भने तीन हजार १२० रुपैयाँ रहेको छ ।

प्रकाशित : ४ फाल्गुन २०८०, शुक्रबार ११:३१