नेप्से परिसूचक दोहोरो अंंकले घट्यो, एक करोड १४ लाखकाे कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक दोहोरो अंंकले घट्यो, एक करोड १४ लाखकाे कारोबार



काठमाडौं । बिहीबार नेप्से परिसूचक दोहोरो अंंकले घटेको छ । आज बजार १४.४६ अंक घटेर २०६२.०३ विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ इण्डेक्स १.२१ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन चार अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा आज ३०५ कम्पनीको एक करोड १४ लाख सात हजार कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

त्यसैगरी आज बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।कारोबारमा आएको मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स नै शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज २२ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

प्रकाशित : ३ फाल्गुन २०८०, बिहीबार १५:४५