भृकुटी मण्डपमा आवास र निर्माण नेपाल २०२४ को भव्य शुरुवात हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

भृकुटी मण्डपमा आवास र निर्माण नेपाल २०२४ को भव्य शुरुवात हुँदै



काठमाडौं । आगामी २०८१ साल वैशाख २७ गते देखि ३० गते सम्म काठमाडौंको भृकुटी मण्डपमा आवास र निर्माण नेपाल २०२४ को भव्य शुरुवात हुने भएको छ।विगत ३३ वर्ष देखि प्रदर्शनीको क्षेत्रमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको हाउस अफ राजकर्णिकारले आयोजना गर्न लागेको हो ।

हाउस अफ राजकर्णिकार बीटु बी र बीटुसी आगन्तुकहरूलाई आकर्षित गर्ने हरेक प्रविधिमा पोख्त मात्र नभई आवास र निर्माण क्षेत्रका व्यवसायिक र संस्थागत समुदायसँग चिरपरिचित पनि छ।

हाउजिङ, भवन र निर्माण सम्बन्धि एक्स्पो हाउस अफ राजकर्णिकारका लागि कुनै नयाँ विषय भने होइन – यसले विगतमा एनएलएच डिएको स्वामित्वमा २ सफल आवास र निर्माण एक्सपोहरू आयोजना र व्यवस्थापन गरिसकेको छ।

आवास, निर्माण र पूर्वाधार क्षेत्र हालै सुस्त भएको देखिए पनि यो नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो अंग हो। यस अत्यन्त महत्त्वपूर्ण उद्योगका बिक्रेताहरूका लागि आवास र निर्माण नेपाल २०२४ बजारमा विश्वास देखाउने र यसरी क्रेताहरूमा विश्वास जगाउने ठूलो अवसर हो।

आवास र निर्माण नेपाल २०२४ नेपालमा आवास, निर्माण र पूर्वाधार क्षेत्रको विशाल आकार, वृद्धि र सम्भावनाबाट प्रेरित भएको छ। आवास बजारमा सधैं उतारचढाव रहने स्वाभाविक नै हो तर प्रवृत्ति सधैं विस्तारकै देखिएको छ र कोभिड९१९ महामारीमा खुम्चिएको मागको दबाबले यसलाई ठूलो उछालतर्फ धकेलिरहेको छ।

नेपाल ल्यान्ड हाउजिङ डेभलपर्स एसोसिएसन ९एनएलएचडीए०का अनुसार नेपालमा वार्षिक १ लाख ४० हजार घरको माग रहेको छ तर नेपालले वार्षिक करिब २५ हजार घर मात्र निर्माण गर्न सक्ने अवस्थामा छ। नेपाल राष्ट्र बैंक ९२०१८० का अनुसार नेपालमा घरजग्गा र आवास क्षेत्रमा ८८ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ ।

साथै, नेपालको केन्द्रीय बैंकले नेपालको कुल गृहस्त उत्पादनमा उत्पादनमा आवास क्षेत्रको योगदान ८ प्रतिशत रहेको अनुमान गरेको छ। त्यस्तै, एनएलएचडीए ले देशको कुल लगानीको १५–३५ प्रतिशत रकम घर निर्माणमा लगानी हुने पुष्टि गर्दछ।

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार १३:२५