चन्द्रागिरी हिल्सकाे नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चन्द्रागिरी हिल्सकाे नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म छ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २२.०६ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले पाँच करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो। यसको सञ्चालन आम्दानी बढ्दा नाफामा वृद्धि देखिएको हो । यसको यस अवधिमा आम्दानी ४० करोड ४२ लाख रुपैयाँबाट बढेर ४५ करोड ७५ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी पनि ४२ लाख रुपैयाँबाट बढेर ७६ लाख पुगेको छ । यसको वित्तीय खर्च पनि १३ करोड ४५ लाखबाट घटेर १२ करोड ८० लाख कायम भएको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोष भने १६ करोड ७३ लाख रुपैयाँले ऋणात्मक छ । चन्द्रागिरी हिल्सको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ ०९ पैसा छ ।

प्रकाशित : २९ माघ २०८०, सोमबार १४:३८