कालिन्चोक दर्शनले कमायाे ६४ लाख ३४ हजार नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कालिन्चोक दर्शनले कमायाे ६४ लाख ३४ हजार नाफा



काठमाडौं । कालिन्चोक दर्शन कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६४ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अविधमा ६० लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३५‍‍.३७ प्रतिशतले बढेर तीन करोड ३० लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा दुई करोड ४४ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको सञ्चालन नाफा ७१.८४ प्रतिशतले बढेर एक करोड ३७ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ७९ लाख ९० हजार रुपैयाँ रहेको थियो ।

प्रतिसेयर आम्दानी १ रुपैयाँ ८ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ९४ पैसा रहेको छ ।

प्रकाशित : २९ माघ २०८०, सोमबार १४:३०